ओली-नेपालबीच मेरियट भेटवार्ता सकारात्मक 

 ग्लोबल टिभि           0

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको बताइएको छ ।

नक्सालमा रहेको होटेल मेरियटमा भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले अहिलेसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । तयसपछि उहाँहरूबीच अलग–अलग वार्ता भएको थियो ।

भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरूलाई कुनै प्रतिक्रिया दिएनन ।वार्तामा सहभागी पार्टीका उपाध्यक्ष भीम रावलले पार्टीको एकतालाई प्रभावकारी परिणामा लाने सम्बन्धमा गम्भीर रूपमा कुराकानी भएकाले शीर्ष तह र कार्यदलमा निरन्तर छलफल गरेर समाधान निकालिने बताए ।

वार्तास्थलमा रावलका साथै एमालेका महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।

शीर्ष नेताबीच गएको जेठ २ गतेको सहमतिमा १० सदस्यीय कार्यदल गठन भएको थियो । त्यो कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गर्ने समझदारी भएको थियो । पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः सुरुरु भएको हो ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *