ग्लोबल टिभि
बिहिबार, असार २४, २०७८
0
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो।
सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन्। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्म विवाद टुंग्याउने गरि लाग्ने बताएका थिए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो।
निष्कर्ष नजिक पुगेसँगै हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। पछिल्लो समय निकै कटुतापूर्ण सम्बन्धमा रहेका ओली र नेपालबीच बुधबार साँझ काठमाडौंको नागपोखरी, नक्सालस्थित मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो।
Post Views: 1,235
Leave a Reply