ग्लोबल टिभि
बिहिबार, असार २४, २०७८
0
नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। औपचारिक बैठकअघि कार्यदलका सदस्यहरूबीच शीर्ष नेताबीच भएको संवादका विषयमा छलफल भएको थियो।
बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।
आजको बैठकमा आन्तरिक एकताको समहति मस्यौदालाई अन्तिम रुप दिने नेताहरूको तयारी छ।
सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको र आज एकता टुंगोमा पुग्नेगरी छलफल हुन सक्ने कार्यदलका सदस्यहरुले बताएका छन्।
Post Views: 884
Leave a Reply