पौडेल समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी

 ग्लोबल टिभि      बिहिबार, असार २४, २०७८      0

नेपाली कांग्रेसमा जारी क्रियाशील सदस्यता विवाद टुंग्याउने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । करिब १ घण्टादेखि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पौडेल समूहको बैठक जारी रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरू उपस्थित छन् । बैठकमा समायोजन समिति र क्रियाशील छानविन समितिमा रहेका नेताहरूलाई पनि बोलाइएको छ ।
समायोजनका नाममा धेरै जिल्लामा मनपरी क्रियाशील बाँडेको विषयमा बैठक जारी रहेको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *