काँग्रेस महामन्त्री कोइरालाको आशंका : महाधिवेशन भदौमै होला ?

 ग्लोबल टिभि      बिहिबार, असार २४, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् ।

महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न खडा भएको बताएका हुन् । विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन हुन नसक्ने तर्क गरे ।

‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि !’, उनले भने, ‘अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन ।’

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप निकै बढेको छ । बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेलपक्षीय नेताले बैठक गरेका थिए ।

रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायत नेतासहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले बताए ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *