नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरू आज निर्वाचन आयोग जाँदै

 ग्लोबल टिभि           0

नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका छन् ।

नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिनका लागि आज उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।

एमाले प्रवेश गरेका नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने बताए । उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए ।

माओवादी छाडेर एमालेमा मा प्रवेश गरेका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *