कृष्ण श्रेष्ठ, काठमाडौं । सत्ताको माहिर खेलाडि कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीको कुर्सी धरापमा परेसंगै उनी छटपटिमा परेका छन् । आफ्नै सहयोद्धा वरिष्ठ नेता माधव कुमार नेपाललाई दिदुःख दिइरहेका ओली अहिले कुर्सी बचाउने खेलमा उहीँ नेपालको पाउ परेका छन् ।
ओली सत्ताको उन्मादमा सहयोद्धा र सहकर्मीलाई नै उपेक्षा गरेर अगाडि बढ्दा एमाले संकटमा छ । जसका कारण ओलीले नेतृत्व गरेका पार्टी र सरकार दुवै शिथिल बन्दै गएको छ । ओली ज्यादतीले दिक्क भएका नेपालको विपक्ष गठवन्धनसंगको साँठगाँठका कारण पनि उनी हच्किएका छन् । यतिमात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै २३ सांसद सहित रिट निवेदन लिएर सर्वोच्च अदातल पुगे । त्यसपछि नेपाल गतिविधिका कारण पनि ओली थप गलिका छन् ।
नेपाल पक्ष सहित १४६ सांसद (बहुमत सदस्य)स–शरिर उपस्थिति भएर हालेको रिट सर्वोच्चले हेर्दाहेर्दैमा राखेर आगामी २८ गतेलाई पेशी तोकेको छ । सर्वोच्चको फैसला ओली निर्णय विपरित आउने कानुनविद् र विश्लेषकको दावि छ ।
तर, उक्त फैसला आउन अगावै नेपाललाई मिलाउन ओली लागि परेका छन् । सोही अनुरुप सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लगाएका दोस्रो पुस्ताका नेताहरुलाई ओलीले नेपाल फकाउनका लागि परिचालण गरेका छन् ।
पार्टी एकताका लागि यता नेपाल पक्षबाट पनि भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगाएका नेताहरु सक्रिय छन् । उनीहरुले नै कुनैपनि हालतमा अदालतको फैसला नआउन्जेल नभेट्ने गरी टाढीएका नेपाललाई ओलीसँग वार्ताको टेवुल गर्न बाध्य पारे । ओली र नेपालबीच बुधवार साँझ तारे होटलमा वार्ता भएपनि सहमतिको विन्दुमा भने पुग्न सकेन्न ।
सर्वोच्चको फैसलापछि देउवा प्रधानमन्त्री भइहालेपनि विश्वास मतबाट असफल पार्ने ओलीको योजना छ । त्यसमा वरिष्ठ नेता नेपाललाई मात्र फकाए पुग्ने रणनीति साथ ओली अगाडि बढेका छन् ।
इता, ओली पक्ष पार्टी एकता मिलाउन भन्दा पनि कुर्सी कसरी बचाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको भने देखिन्छ । विहिबार कार्यदल स्तरको बैठक डाकेर विष्णु पौडेल नै सहभागी नहुनुले पनि उक्त कुरा प्रष्ट हुन्छ । त्यसपछि आक्रोशीत भएका नेपाल पक्षका नेता घनश्याम भुषालले बाहिर आएजस्तो कुनैपनि प्रगति नभएको प्रतिक्रिया दिए । कार्यदल स्तरमा आज पनि वार्ता गर्ने तयारी भइरहेको छ ।
पार्टी एकता नभए आगामी निर्वाचनमा सर्मनाक पराजय भोग्नुपर्ने परिस्थिति सिर्जना हुनेमा दुवै पक्ष जानकार देखिन्छ । त्यसैले पार्टी एकताका लागि ओली नेपालबीच कयौं पटक वार्ता भइसकेका छन् । कयौं सहमति भए, तर अहिलेसम्म उनीहरुबीच भएको सहमति दुईदिन पनि टिकेको कुनै उदाहरण छैन । यसपटक लिखितम सहमतिका साथ अगाडि बढ्ने दोस्रो पुस्ताका नेताहरुको प्रयास कतिसम्म सफल हुन्छ त्यो हेर्न बाँकी छ ।
यता, सर्वोच्चमा विघटनविरुद्ध दायर गरेको मुद्दा र नयाँ सरकार बनाउने विपक्ष गठबन्धनसंगको प्रतिबद्धतामा पनि नेपाल बाँधिएका छन् । उनी राजनीतिक बेइमानीको अपजस लिने पक्षमा पनि देखिदैंन ।
यतिखेरको समयमा गठबन्धनलाई धोका दिएको खण्डमा नेपाल विश्वासघाति सावित हुनेछ । तर, अहिले जेजे निहुँमा पार्टी मिलाउन खोजेपनि भोलि एमालेको गन्तव्य ओलीले चाहेभन्दा भिन्न नहुने देखिन्छ । परन्तु त्यो बेलाको परिस्थितिमा नेपालले गठबन्धनको न्यानो साथ नपाउँदा विषादका आँसु झार्नुपर्ने स्थिति पैदा हुनेमा के बेर । त्यतिखेर नेपालको साथमा न ओली हुन्छ, न विपक्ष गठबन्धन ।
Leave a Reply