प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न, बीपी प्रतिष्ठानमा जारी आन्दोलनमा किन चासो नदेखाएको ?

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपाली काँग्रेसले बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको आरोप लगाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेको आन्दोलनप्रति प्रधानमन्त्री ओलीले चासो नदेखाएको आरोप लगाएका हुन् ।

‘प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको गैरजिम्मेवारी हो’, उनले भनेका छन् ।

कोरोना संक्रमण महामारीको समयमा लामो समय द्वन्द्व रहँदा प्रतिष्ठान र आम नागरिक समेतलाई गम्भीर असर पुग्ने उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *