एमालेका नेताहरूले सोधे, माओवादीको दल दर्ता खारेज गर्न दिएको निवेदन के हुँदैछ ?

 ग्लोबल टिभि           0

काठमाडौँ : नेकपा एमालेका नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेज गर्न दिएको निवेदनबारे छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरूले आयोग पुगेर प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेरआफूहरूले दिएको निवेदनमा छिटो फैसला दिन आग्रह गरेका हुन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरूले केही दिनअघि माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।

भेटपछि नेता साहले आयोगका अधिकारीहरूले छिटै निर्णय दिने आश्वासन दिएको दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *