काँग्रेस सस्थापनइतरका नेताहरुबीच महाधिवेशनमा एकता कायम गर्ने अनौपचारिक समझदारी

 ग्लोबल टिभि           0

काठमाडौँ : नेपाली काँग्रेसका सस्थापन इतरका नेताहरुबीच आगामी १४ औं महाधिवेशनमा एकता कायम गरेर जाने अनौपचारिक समझदारी भएको छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसीको संयोजनमा शुक्रबार भएको इतर पक्षको बैठकले सभापतिमा एकता कायम गरेर जाने अनौपचारिक सहमति भएको हो ।

‘सके पार्टीभित्रै नसके आफ्नो समूहभित्र एकता गराउन प्रयास गर्ने सहमति भएको छ’, केसीले भने, ‘आजको बैठकले एकताको सम्भावनालाई बलियो बनाएको छ ।’ बैठकले छलफललाई निरन्तरता दिने उनले बताए ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा.शेखर कोइराला, बलबहादुर केसी लगायतका नेता सहभागी थिए ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *