शीतलनिवासको जवाफ : राष्ट्रपतिको कार्यमाथि अदालतमा मुद्दा लाग्दैन

 ग्लोबल टिभि      शुक्रबार, असार २५, २०७८      0

काठमाडौँ : राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तारसम्बन्धी कार्यमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका संविधानसम्मत रहेको जवाफ सर्वोच्च अदालतमा पेश गरेको छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तार, थपघट र हेरफेरविरुद्ध परेको रिटको सुनुवाइमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्दै राष्ट्रपति कार्यालयले भण्डारीको भूमिका संविधानसम्मत रहेको दाबी गरेको हो ।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न सिफारिस भई आएकाले नेपालको संविधान बमोजिम नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको कार्यालयको भनाइ छ ।

राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराईले सर्वोच्चमा पेश गरेको लिखित जवाफमा राष्ट्रपतिको कार्यमाथि अदालतमा मुद्दा नलाग्ने पनि उल्लेख गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *