ग्लोबल टिभि
0
आज बस्ने बागमती प्रदेश सभा बैठक प्रतिपक्ष दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।सरकारले प्रतिपक्षी दलहरुसंग छलफल नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै विपक्षीहरुले विरोध गरेका हुन् ।
प्रतिपक्षी दलहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।
प्रतिपक्षीहरुकै कारण प्रदेश सरकारले यही असार १ मा पेश गरेको बजेटमा छलफल हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षबीच पटक पटक छलफल भएपनि सहमति हुन सकेको छैन । दलहरुबीच सहमति हुन नसकेपछि
यसअघि सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको थियो ।
Post Views: 959
Leave a Reply