विपक्षी विरुद्ध सत्तारुढ दल एमाले ओली पक्षका युवा संघको प्रदर्शन

 ग्लोबल टिभि      शनिबार, असार २६, २०७८      0

सत्तारुढ दल एमाले निकट राष्ट्रिय युवा संघ नेपालले विपक्षी विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले केपी ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले सडक प्रदर्शन गर्ने भएको हो । दिउँसो ३ बजे नयाँ बानेश्वरबाट प्रदर्शन गर्ने यूवा संघले बताएको छ।

वर्तमान सरकार र नेकपा एमालेको विरुद्ध घेराबन्दी, विपक्षी गठबन्धनको असंवैधानिक र राष्ट्रघाती कदमको विरुद्धमा सडक प्रदर्शनका लागि भन्दै युवा संघले कानुनी शासन कायम गरौं, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, संविधान मिच्न पाइँदैन, राष्ट्रघाती गठबन्धन चाहिँदैन जस्ता नारा तयार पारेका छन् ।

सरकारले निषेधित क्षेत्र तोकेको बानेश्वर चोकबाट सरकारको समर्थन गर्दै विपक्षी गठबन्धनविरुद्ध युवासंघले सडक प्रदर्शन गर्न लागेको हो । तर, स्थानीय प्रशासनले निषेधाज्ञामा सडक प्रदर्शन गर्न नपाइने बताएको छ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर लगाएको निषेधाज्ञा अझै जारी छ । पसल, व्यवसाय तथा यातायात क्षेत्र आंशिक रुपमा खोल्न दिएपनि ठूलो मात्रामा भेला तथा प्रदर्शन गर्न रोक लगाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *