ग्लोबल टिभि
0
एमाले एकता कार्यदलका सदस्यहरु वार्तास्थलबाट उठेर सहमतिको अन्तिम मस्यौदा देखाउन माधवकुमार नेपाल निवास पुगेको बताइएको छ छ।
सिंहदरबारमा पूर्वनिर्धारित समय दिउँसो साढे दुई बजे बैठक सुरु हुनुभन्दा पहिले नै उनीहरु बाहिरिएका थिए। कार्यदलका एक सदस्यका अनुसार अन्तिम मस्यौदा देखाउन उनीहरु नेपाल निवास पुगेका हुन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल समूहबीच आजै सहमति हुने कार्यदलका सदस्यहरुले बताएका छन्।
पार्टीमा देखिएको विवाद पूर्णतया मिलिसकेको बताइएको छ। तर संसद विघटनविरुद्ध तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा परेको मुद्दाबाट हस्ताक्षर फिर्ता लिने या निलिने भन्नेमा अहिलेसम्म सहमति हुन सकेको छैन।
नेता नेपालले चित्त बुझाएको खण्डमा आजै सहमति हुने नेताहरुले बताएका छन् ।
Post Views: 1,070
Leave a Reply