एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किए लगत्तै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
बैठक अघि माधवकुमार नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए ।
सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।
यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए ।शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो ।
कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए ।त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।
Leave a Reply