नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन्
सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर एमाले ओली समूहमा प्रवेश गरेका नेता रायमाझीले प्रचण्डको स्वघोािषत कार्यशैलीको विरोध गर्दै आएको बताएका छन्
काठमाडौमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले २०६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको भन्दै व्यंग गरेका छन् ।प्रचण्डकै कारण माओवादी छिन्नभिन्नको अवस्थामा पुगेको पनि बताए ।
नेता रायमाझीले विगत ३३ वर्ष देखि विना विचार तथा विधि र प्रक्रिया विना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बस्दै आएकोले पार्टी कमजोर भएको बताए ।
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफुहरु संघर्ष गरिरहेको उनले स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकुल भएको पनि उनको दाबी छ ।
Leave a Reply