क्रियाशील सदस्यताको जानकारीका लागि कांग्रेसका वरिष्ठ नेता पौडैल गौशालामा

 ग्लोबल टिभि      शनिबार, असार २६, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्य छानबिनबारे चासो राखेका छन् । शनिबार गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर नेता पौडेलले क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामप्रति चासो राखेका हुन् ।

समिति संयोजक रमेश लेखकले ६४ जिल्लाको काम टुंगिएको र ५७ जिल्लाको क्रियाशील सदस्यता छपाई सकिएको जानकारी गराएका थिए । उनले समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीलाई विवादरहित ढंगले टुंगो लगाउने काम गरिरहेको नेता पौडेललाई जानकारी गराएका थिए ।

नेता पौडेलले समितिको कामको प्रशंसा गर्दै निष्पक्ष रुपमा सदस्यता टुंग्याउन आग्रह गरे ।नेता पौडेलले सदस्यता छपाई, कम्युटरमा सदस्यताको नाम इन्ट्रीलगायतका कामको निरीक्षण गरेका थिए ।

कांग्रेसले भदौ १६–१९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *