सुखद् सन्देश आइतबार आउँछ :नेता विष्ट, विवाद सुल्झाउदै छौ :नेम्वाङ

 ग्लोबल टिभि           0

नेकपा एमाले एकता कार्यदलको बैठकले आइतबार पार्टी मिलेको घोषणा गर्ने भएको छ ।शनिबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको भन्दै यसको सुखद समाचार आइतबार मात्रै सार्वजनिक गर्ने बताएका छन् ।

नेता विष्टले समग्रतामै समस्या समाधान खोज्ने प्रयास गरिएकोले एमाले एकताको नयाँ खाका बनेको बताए । आम पार्टी कार्यकर्ताको उच्च मनोबल बढ्ने गरी पार्टी एकढिक्का भएको नेता विष्टले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला अघि नै एमाले एकताबद्ध भएको घोषणा गरिने उनले बताए । पार्टीलाई एकताबद्ध गर्न सहज काम नभएको बताउँदै उनले विभिन्न चरण पार गर्दै गरिएको प्रयासको सार्थक सन्देश आइतबार मात्रै आउने उनको भनाइ छ।
यस्तै ओलीपक्षीय नेता सुवास नेम्वाङले भोलि बिहान ८ बजे सुखद समाचार आउने बताएका छन् ।

तीन वर्षदेखिको समस्या मिलाउन केही दिन बढी लाग्नु स्वभाविक भएका नेम्वाङको भनाइ छ। लामो समयदेखिको विवाद भएकाले समाधान निकाल्न समय लागेको नेता नेम्वाङको प्रतिक्रिया छ।
यसअघि शुक्रबार पनि कार्यदलका सदस्यहरूले शनिबार एकताको घोषणा हुने बताएका थिए। कार्यदलको बैठक सुरु हुनुअघि नेपाल पक्षीय कार्यदल सदस्यहरू माधव नेपाललाई भेटेर फर्किएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *