नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद समाधान गरेको छ। ७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा देखिएका विवाद समाधान गरिएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जानकारी दिएको छ।
यस्तै ५७ जिल्लामा क्रियाशीलको विवाद समाधान गरेर अन्तिम नामसमेत छापिइसकेको समितिका संयोजक रमेश लेखकले जानकारी दिए।उनकाअनुसार असारभित्रै क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरिनेछ। क्रियाशीलबारे देखा परेका विवाद सहमतिमा नै टुंग्याइने उनले बताए।
यसैबीच शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील सदस्यता छानबिनबारे भइरहेका प्रगति तथा समस्याबारे बुझ्न गौशालास्थित धर्मशाला पुगेका थिए। समयभित्रै क्रियाशील छानबिन कार्य सकिनेमा पौडेलको विश्वास छ।
समितिमा पाँच हजारभन्दा बढी उजुरी परेको थियो। यसपटक कांग्रेसले क्रियाशील सदस्यता संख्या ९ लाखभन्दा बढी पुर्याएको छ।
कांग्रेसले साउन १२ देखि वडा अधिवेशन गर्ने भनेको छ। त्यसअघि नै क्रियाशीलबारे विवाद सकेर अन्तिम नामावली सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने हुन्छ।
Leave a Reply