काँग्रेस सभापति बन्न महाधिवेशन प्रतिनिधि हुनु पर्ने

 ग्लोबल टिभि           0

नेपाली काँग्रेसले सभापति बन्नका लागि महाधिवेशन प्रतिनिधि हुनु पर्ने वाध्यकारी व्यवस्था गरेको छ । केन्द्रिय निर्बाचन समितिले तयार पारेको नयाँ प्रस्तावमा जिल्ला सभापतिको उम्मेद्वारहरुलाइ यस्तो व्यवस्था गरेको हो ।

काँग्रेस विधानमा एक वा एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा नेपाली काँग्रेसको विधान १२ (५) मा उल्लेख भए वमोजिम कम्तीमा १० वर्ष क्रियाशील सदश्य भएको र केन्द्रिय महाधिवेश प्रतिनिधि मात्रै सभापति उम्मेद्वार बन्ने प्रष्ट खुलाइएको छ ।

यस्तै , संघ र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने प्रष्ट नभएकोले उक्त प्रावधान थप गरि केन्द्रिय समितिले तयार पारेको नयाँ व्यवस्था सहितको अन्तरीम मस्यौदा आज साँझसम्म पार्टीलाई वुझाउने तयारी छ ।

प्रस्तावमाथि आवश्यक संशोधनसहीत एक दुई दिनमा सार्वजनिक गरिने निर्वाचन समितिका सदश्यले ग्लोवल टेलिभिजनलाई बताए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *