एमाले कार्यदलको बैठक सुरु, माधव समूह सम्मिलित स्थायी कमिटी पनि बस्दै

 ग्लोबल टिभि      आइतवार, असार २७, २०७८      0

नेकपा एमाले एकता कार्यदलको बैठक सुरु भएको छ। अर्थ मन्त्रालय सिंहदरबारमा बैठक केहीबेर अघि सुरु भएको हो।

पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बैठक नेपाल पक्षका कार्यदल सदस्यहरु आइ नपुगेका कारण समयमा सुरु हुन सकेको थिएन।

​नेपाल पक्षका सदस्यहरुले बैठकस्थल आउनुअघि वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित नेपाल निवासमा आन्तरिक छलफल गरेका थिए।
बैठकस्थलमा प्रवेश गर्दै नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले सुखद् समाचार आउने प्रतिक्रिया दिए।

यस्तै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दै छ।कार्यदलको बैठक सकिए पछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनले आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल पक्ष पनि सहभागी हुने जानकारी दिए। ‘कार्यदलको बैठक सकिए लगत्तै दुबै समूह सम्मिलित स्थायी कमिटी बैठक बस्छ र अदालतमा भएको हस्ताक्षर फिर्ता गर्ने प्रक्रियासँगै एकताको घोषणा हुन्छ, ‘ उनले भने ।

एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो। एमालेको नेपाल समूहको माग र संस्थापनको अडानका बीच जेठ २ अघि फर्किने गरेर सहमतिमा पुगेको छ।

सहमतिले एमालेले माओवादीसँग एकता हुँदा मनोनयन गरेका केन्द्रीय र स्थायी कमिटी सदस्य एवं नेकपा विघटन भएसँगै माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका विषयमा समेत सहमत भएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *