प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र ‘वैधानिक’

 ग्लोबल टिभि           0

काठमाडौँ : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

आयोगको आइतवारको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संवैधानिक र कानुनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउनुपर्ने नदेखिएको बताए ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरूको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएका थिए । त्यस्तै निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले पनि निवेदन दिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *