काठमाडौँ : सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।
कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अड्किएको छ । कार्यदलका नेताहरू आइतबार बिहानैदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा छलफलमा थिए ।
केपी ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ । तर वरिष्ठ नेता माधव नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् ।
यस्तै नेकपा (एमाले)को स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक आइतवार ४ बजेका लागि बोलाइएको थियो । तर कार्यदल सहमतिमा नपुगेपछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
Leave a Reply