एमाले विवाद मध्यरातमा मिल्यो, कार्यदलले गर्‍यो १० बुँदे सहमति

 ग्लोबल टिभि           0

नेकपा एमाले भित्रको अन्तरकलह मिलाउने जिम्मा पाएको कार्यदलले पार्टी भित्रको एकता कायम गर्न सकिने १० बुँदे प्रस्तावमा सहमति जुटाएको छ । एक हप्ता देखि निरन्तर बसेको कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रिय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको छ ।

यो सहमतिलाई सोमबार बोलाइएको स्थायी कमिटीको बैठक अनुमोदन गर्ने छ ।

दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडी बढ्ने सहमति गरेको छ ।

१० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको र त्यसलाई अब नेतृत्वसमक्ष पेश गर्ने एमाले प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

सहमतिपत्रको पहिलो बुँदामा पार्टीभित्र देखिएको अन्तविरोधहरुलाई पार्टीभित्र समाधान गर्न सहमत भएको विषय राखिएको छ । सबैभन्दा बढी पेचिलो बनेको सर्वोच्चमा दायर रिटका बारेमा कार्यदलले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति कायम गरेको छ ।

प्रवक्ता ज्ञवालीले प्रतिनिधिसभाको विघटनसम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन मुद्दा र सरकारका सन्दर्भमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णयका आधारमा हामी अघि बढ्ने बताए।

सहमतिपत्रमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताहरुलाई यसअघि दिइएको जिम्मेवारी नै कायम राख्ने उल्लेख गरिएको छ ।त्यस्तै एमाले पुर्नजीवित गर्ने सर्वोच्चको फैसलापछि भएका सबै निर्णय बदर गर्ने सहमति समेत जुटेको छ ।

सहमतिपछि सोमबारका लागि बोलाइएको स्थायी कमिटि र मंगलबारका लागि बोलाइएको केन्द्रीय कमिटिको बैठक समेत बस्ने उपाध्यक्ष भीम रावलले जानकारी दिए।

एमालेभित्रको विवाद मिलाउन सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ९ बजेदेखि बसेको बैठक राति १० बजे निश्कर्षमा पुगेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *