पुनःस्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गते

 ग्लोबल टिभि           0

काठमाडौँ : सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन आदेश जारी गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र बैठक बोलाउन आदेश दिएको हो ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उनले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

राष्ट्रपतिको यो कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *