ग्लोबल टिभि
0
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको जानकारी गराएको छ । संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभा बैठक अन्त्य गरिएको जानकारी दिएको हो ।
राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका लागि अर्को बैठक तय गरेको थियो ।राष्ट्रिय सभाको अधिवेशन असार १७ गते सुरु भएको थियो ।मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
Post Views: 1,055
Leave a Reply