प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ, आज सानो मन्त्रिमण्डल बनाउने

 ग्लोबल टिभि      मङ्लबार, असार २९, २०७८      0
file photo

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ।

सर्वोच्च अदालतबाट सोमबार भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ प्राप्त भएपछि सचिवालयले त्यसको अध्ययन सुरुसँगै नियुक्ति तथा शपथको तयारी थालेको हो।राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले सर्वोच्च अदालतको फैसला प्राप्त भएको र अन्य विषयमा टुङ्गो लागिनसकेको जानकारी दिए।

सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार मङ्गलबार ५ बजेभित्रै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने र शपथ गराउने तयारी भइरहेको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *