ओलीले गरेका खराब काम सच्याएर नयाँ सरकार अघि बढ्नुपर्छ :सिंह

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओली सरकारले गरेका खराब काम सच्याएर नयाँ सरकार अघि बढ्नु पर्ने बताएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । देउवा नेतृत्वको सरकारले अब खराब कामलाई सच्याएर अघि बढ्नुपर्ने नेता सिंहको सुझाव छ।

मंगलबार धुलिखेलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘ओलीले गरेका सबै खराब कामको नयाँ सरकारले करेक्सन गर्न जरुरी भएको बताए । ओली सरकारले गरेका गलत कामलाई नसच्याए कांग्रेसका लागि आगामी निर्वाचन महंगो हुन सक्ने बताए ।

नेता सिंहले ओलीको अधिनायकवादी शैलीविरुद्ध उभिन निरन्तरको दबाबपछि देउवा प्रधानमन्त्री बन्ने अवस्था आएको चर्चा गरे। सभापति देउवा शुरुमा मौन रहेपनि निरन्तर दबाबपछि ओलीको अधिनायकवाद विरुद्ध उभिन तयार भएको नेता सिंहले खुलाए । देउवाको आन्तरिक पार्र्टी संचालनप्रति असन्तुष्टि भएपनि संविधान र लोकतन्त्रका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आएको सिंहले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *