मुख्यसचिवलाई देउवाले भने, ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’

 ग्लोबल टिभि      मङ्लबार, असार २९, २०७८      0

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएको देउवाका प्रेस सहयोगी भानु देउवाले जानकारी दिए ।

मंगलबार साँझ ६ बजे शपथको तयारी भए पनि राष्ट्रपति कार्यालय पुगेका छैनन् । देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *