काठमाडौँ : सर्वोच्च अदालतको परमादेशसँगै शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बनेका छन् । तर शीतलनिवासबाट जारी विज्ञप्तिमा धारा उल्लेख नभएको भन्दै उनले राष्ट्रपतिबाट सपथ लिएका छैनन् ।
देउवाले सपथ लिइनसक्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ‘वेबसाइट’ मा प्रधानमन्त्रीको नाम शेरबहादुर देउवाको उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै काँग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम शुरु हुन सकेको छैन।
देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बोलाएर प्रधानमन्त्री नियुक्तिको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका छन् ।
देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका छन् ।
Leave a Reply