ग्लोबल टिभि
बुधबार, असार ३०, २०७८
0
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छाड्दैछन्। बिहान ११ बजे युवा संघको बालुवाटार भेलापछि ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्।
४१ महिना सत्तामा बसेका ओली सोमवार सर्वोच्च अदालतले अपदस्त गराएको थियो। एमाले अध्यक्ष ओली अब भक्तपुरस्थित बालकोटमा रहेको आफ्नो निवास जानेछन्।
दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्याउने कार्यक्रम छ ।
सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा मंगलबार नियुक्त भएका छन् ।
सपथग्रहण र पदभार ग्रहणपछि निजी निवास बूढानिलकण्ठ गएका देउवा साइत हेरेर केही दिनमा सरकारी निवास बालुवाटार सर्ने स्रोतले बताएको छ ।
Post Views: 667
Leave a Reply