सरकार ढालेको भन्दै नेपालसहित २३ जना नेताप्रति सुर्य थापाको आक्रोश

 ग्लोबल टिभि      बुधबार, असार ३०, २०७८      0

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित नेकपाका २३ जना नेताप्रति सरकार ढालेर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको बैशाखी बनेको आरोप लगाएका छन् ।

मंगलबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएपछि नेता नेपालले हात मिलाएर पहिलो बधाई दिएका हुन् ।

सोही कुरालाई लिएर टिप्पणी गर्दै थापाले माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर देउवालाई पहिलो बधाई दिन आतुर रहेको बताएका छन् । उनले सरकार ढाल्न एमालेभित्रका २३ जनाको गद्दारी गरेको भन्दै नाम पनि बताएका छन् ।

उनले लेखेका छन् – ’नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला!जनादेशविपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति“हलो ताछी मुङ्ग्रो बनाएजस्तै“हो।यिनै २३को गद्दारीको परिणाम त हो!’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *