काँग्रेस उपसभापति गच्छदार काठमाडौं विशेष अदालतमा उपस्थित

 ग्लोबल टिभि           0

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छार काठमाडौं विशेष अदालतमा उपस्थित भएका छन् ।

बालुवाटारको ललितानिवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो । तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् ।

अदालतले गच्छदारको ठेगाना नभेटेको भन्दै म्याद तामेल गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं विशेष अदालत पुगेका हुन् ।

अख्तियारले २०७६ माघ २२ गते बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोथियो ।

विशेष अदालतले गच्छदारलाई बयान लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। गच्छदारलाई तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा मुद्दा चलाइएको हो।

अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *