ग्लोबल टिभि
बुधबार, असार ३०, २०७८
0
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट बाहिरिएका छन्। प्रहरीको स्कर्टिङसहित ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
सरकारी निवास भित्रबाटै नेकपा एमालेका कार्यकताहरु ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्। उनीहरुले ओलकिो पक्षमा नारावाजी समेत गरेका छन् ।
युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। जसकारण ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।
युवा संघका कार्यकर्ताहरुले र्यालीका क्रममा अदालतविरुद्ध समेत नाराबाजी गरेका छन्।
Post Views: 1,092
Leave a Reply