ग्लोबल टिभि
0
नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाइ दिएका छन् । प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् ।
भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । भारत सरकार नेपाल सरकार मिलेर काम गर्न तयार रहेको बताए ।देउवा प्रधानमन्त्री नियुक्त भएपछि बधाई दिने क्वात्रा पहिलो विदेशी राजदूत हुन् ।
Post Views: 1,614
Leave a Reply