ग्लोबल टिभि
बिहिबार, असार ३१, २०७८
0
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्। बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताए।
साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए आजको पदाधिकारी बैठकमा छलफल हुने पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।
Post Views: 529
Leave a Reply