विदेश सचिव हर्षवद्र्धन श्रृंगलाआज काठमाडौं आउँदै

 ग्लोबल टिभि           0

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाआज काठमाडौं आउँदै छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी काठमाडौं आउन लागेका हुन् । उहाँले काठमाडौंमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेका श्रृंगलाले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नेछन् ।

यसैगरी उनले आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

पछिल्लो पटक दुई देशबीच लिम्पियाधुरा कालापानी क्षेत्रमा भएको सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा विदेश सचिव श्रंगला काठमाडौं आउन लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।

शुक्रबार भने श्रृंगलाले नेपाल–भारत सम्बन्धमा एक विशेष प्रवचन दिने कार्यक्रम छ । एशियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) ले आयोजना गर्ने कार्यक्रममा उनले दुईपक्षीय सम्बन्ध र साझेदारीको विषयमा प्रवचन दिनेछन् । कार्यक्रममा विभिन्न थिङ्क ट्याङ्क, राजनीतिक दलका नेता, सरकारी अधिकारी, कूटनीतिक मिसनका पदाधिकारीहरु र अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी हुने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *