ग्लोबल टिभि
बिहिबार, असार ३१, २०७८
0
मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
संसद् अधिवेशन आव्हान लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेकोे सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । संसद् अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
नयाँ सरकार गठन भएपछि यो दोस्रो बैठक हो भने यसअघि गएको मंगलबार पहिलो मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
Post Views: 903
Leave a Reply