ग्लोबल टिभि
बिहिबार, असार ३१, २०७८
0
काठमाडौँ : सरकारले साउन ३ गतेका लागि प्रतिनिधिसभा बैठक बोलाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
गत जेठ ७ गते तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाउँदै साउन ३ गतेभित्र बैठक बोलाउन आदेश दिएको थियो ।
Post Views: 975
Leave a Reply