ओली समूहको युथ फोर्सलाई ‘काउण्टर’ दिन नेपाल समूहको अखिल फोर्स गठन

 ग्लोबल टिभि           0

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार कार्यक्रम गरी नेपाल निकट अनेरास्ववियूले अखिल फोर्स गठन गरेको हो ।

नेपाल समूहका अनेरास्ववियूका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र अराजकता मच्चाउनेविरुद्ध परिचालन हुनेगरी अखिल फोर्स गठन गरेका हौँ,’ आलमले भने ।

नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले ओली पक्षले युथफोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन अखिल फोर्स गठन गरेको जानकारी दिए।

‘ओली समूहलाई ‘काउण्टर’ दिन अखिल फोर्स गठन गरेका हौँ, उनले भने, ‘अब देशैभर संगठन निर्माण हुनेछ ।’ देशभरका क्याम्पस तथा जिल्ला तहमा अखिल फोर्स गठन गर्ने उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *