सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी

 ग्लोबल टिभि           0

सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत उपस्थित छन् ।

देउवा सरकारलाई साथ दिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा अनुपस्थित छन् । एमाले सरकारबाट हटेसँगै आफू गठबन्धनमा नरहेको घोषणासहित देउवालाई परिस्थिति बुझिदिन आग्रह गरेका थिए ।

बैठकमा मन्त्रालय बाँडफाँड, उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *