काठमाडौँ : लुम्बिनी प्रदेश सरकार असार मसान्तभित्र बजेट पास गर्न असफल भएको छ ।
आर्थिक वर्ष ०७७\७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरूका साथै मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिए । त्यस क्रममा उनले सहमतिबाट बजेट पास गर्न दलहरूलाई आग्रह गरे ।
लगत्तै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटबारे सहमतिका लागि समय दिन सभामुखसँग माग गरे । सभामुख पूर्णबहादुर घर्तीले विपक्षी दलको राय पनि लिने भन्दै काँग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियालाई समय दिए ।
कनोडियाले बोलिरहँदा मुख्यमन्त्री पोखरेल उठेर हिँडे । छलफलका लागि आधा घण्टा दिने भन्दै सभामुख घर्तीले साढे ५ बजे प्रक्रिया अगाडि बढाउनेगरी बैठक स्थगन गरे ।
बैठक बसेन र सूचना टाँसेर शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ । त्यसअघि बजेटबारे सहमतिका लागि सभामुख घर्तीले शुक्रवार ११ बजे सबै दलको बैठक बोलाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने अनुमान गरिएको छ ।
Leave a Reply