ग्लोबल टिभि
0
सत्तारुढ गठबन्धनका नेताहरुले सरकारलाई महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुको राहतमा केन्द्रीत हुन सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले सरकार गठनमा सहयोग गर्ने गठबन्धन दलका नेताहरुलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । तर,अरु दलका शीर्ष नेताहरु सहभागी यो छलफलमा नेकपा एमाले माधवकुमार नेपाल समूहबाट नेता नेपालले डा. विजय पौडेललाई पठाएका थिए ।
छलफलमा सहभागी नेता डा .पौडेलले सरकारलाई कोरोना महामारी नियन्त्रण र बाढी तथा पहिरो प्रभावितहरुलाई राहतमा प्राथमिकता दिन सुझाव दिएको बताए । महामारीबाट प्रभावित व्यवसायीहरुलाई पनि कर तिर्ने समय पुनतालिककरण गर्न सुझाव दिएको नेता डा. पौडेलको भनाइ छ।
Post Views: 1,014
Leave a Reply