ग्लोबल टिभि
0
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुको सडक प्रदर्शनको टिप्पणी गरेका छन् ।
ओलीका समर्थकहरुको प्रदर्शनलाई डा.भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटिफिटी गरेजस्तै भनेर टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सन्जालमा लेख्दै भनेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्राले यही पुष्टि गरेको उनको दाबी छ ।
ओली कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद÷फासीवादसंग मिल्दो भएको उनले चर्चा गरेका छन्।
Post Views: 1,279
Leave a Reply