ग्लोबल टिभि
0
नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न आग्रह गर्दै माधव नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठान पुगेका छन् । बैठक सुरु भएको पौने धण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सदस्यहरु प्रतिष्ठान पुगेका हुन् ।
‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।’ रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका छन् ।
त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु भने सहभागी भइका छन् ।
Post Views: 1,313
Leave a Reply