ग्लोबल टिभि
0
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमालेले रचनात्मक भूमिका खेल्ने बताएका छन् । एमाले स्थायी कमिटी बैठकलाई सम्बोधनमा ओलीले नयाँ सरकार गठन भएको जनाउँदै अब रचनात्मक प्रतिपक्षमा रहने बताएका हुन् ।
पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने पनि बताए ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारे ।
अध्यक्ष ओलीले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने बताए । तर, कार्यान्वयनमा जान अघि बढ्ने बताए । नेपाल समूहले बैठक स्थलमै पुगेर स्थगित गर्न आग्रह गरेका थिए ।
Post Views: 1,052
Leave a Reply