ओलीले बैठक रोक्न नमानेपछि खनाल–नेपाल पक्षका नेताहरु बाहिरिए

 ग्लोबल टिभि      शुक्रबार, साउन १, २०७८      0

एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न नमानेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।

शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर बैठक रोक्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।

नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठक स्थल पुगेका थिए ।

तर, ओलीले बैठक जारी रहने बताएपछि आफुहरु बाहिरिएको कार्यदल संयोजक भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *