संसदीय दलको बैठकपनि आजै बस्ने तयारी
ग्लोबल टिभि
शुक्रबार, साउन १, २०७८
0
एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।
बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
तर, अध्यक्ष ओलीले बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।
Post Views: 963
Leave a Reply