ग्लोबल टिभि
शुक्रबार, साउन १, २०७८
0
नेपाली कांग्रेसका पदाधिकारीको बैठक बालुवाटारमा जारी छ ।
बैठक विशेष गरी १४ औ महाधिवेशनको विषयमा केन्द्रीत छ ।क्रियाशील सदस्यता सम्बन्धी विवाद, आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसेको हो ।
पार्टीभित्रको क्रियाशील सदस्यता विवाद पनि टुंगो लाग्ने अपेक्षा गरिएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको पनि टुंगो लाग्ने छ।पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भएपछि कांग्रेसबाट आफू निकट बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका छन् ।
पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी छ ।
Post Views: 1,101
Leave a Reply