ग्लोबल टिभि
0
काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा दिने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार आज दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन् ।
यसअघि चीनले नेपाललाई १८ लाख मात्रा खोप अनुदानमा दिएको थियो । नेपालले किनेको ४० लाख मध्ये ८ लाख मात्रा खोप आइसकेको छ ।
राजदूत यान्छीले कोरोनाविरूद्धको लडाइँमा नेपाललाई आफ्नो मुलुकको सहयोग जारी रहने बताइन् ।
प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीचकोे भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Post Views: 1,119
Leave a Reply